Literature

आजका कुरा

Reading Time: < 1 minuteएक चौथाइ मात्र खुलेको जुनको प्रतिविम्बले
तालको पानि लाई रात्रिकालिन स्थिरता
प्रदान गर्ने प्रयत्न गर्छ।
शान्त, शितल वातावरणले
मेरो बेचैन चंचलतालाई
टुक्रा टुक्रा पार्छ।
छेवैमा पल्टेको उसको औँलाहरु
घरिघरि मेरा कपालका रेशा मिलाउन आइपुग्छन्
र म हरेक पटक अलि बढी ढुक्क हुन्छु।