फरार याद
Literature

फरार याद …

Reading Time: < 1 minuteगाडीका हर्नहरुले,

मन्दिरको घन्टीको धुनले,

बादलमा लुकेको जूनले,

चराहरुको चिरबिर आवाजले,

खोलाको सुशेलीले,

अनि रुखका पातहरुको सलबलाहटले,

मलाई पोको पठाउँछन् – फरार यादहरुको…

अतित र आँकलन
Literature

अतित र आँकलन

Reading Time: < 1 minuteम यति त अड्कल गर्न सक्छु

मलाई नदेख्दा तिम्रो मनले खोजेको हुनुपर्छ ,

मलाई अकस्मात देख्दा तिमीले नदेखेझैँ गरेको हुनुपर्छ ,

तिमी नबोले पनि तिम्रो अन्तरात्माले बोलाएको छ

मैले नसुने पनि मेरो मनमा तिम्रो आवाज गुन्जेको छ