गाडीका हर्नहरुले
मन्दिरको घन्टीको धुनले
बादलमा लुकेको जूनले
चराहरुको चिरबिर आवाजले
खोलाको सुशेलीले
अनि रुखका पातहरुको सलबलाहटले
मलाई पोको पठाउँछन् – फरार यादहरुको

अहिले,
यादहरु बसाइँ सरेर आएका छन्; मेरो मस्तिष्कमा
अब
फेरि म एक्लो भईन,
उसका याद साथि बनी आएका छन्।