Reading Time: < 1minuteएक चौथाइ मात्र खुलेको जुनको प्रतिविम्बले
तालको पानि लाई रात्रिकालिन स्थिरता
प्रदान गर्ने प्रयत्न गर्छ।
शान्त, शितल वातावरणले
मेरो बेचैन चंचलतालाई
टुक्रा टुक्रा पार्छ।
छेवैमा पल्टेको उसको औँलाहरु
घरिघरि मेरा कपालका रेशा मिलाउन आइपुग्छन्
र म हरेक पटक अलि बढी ढुक्क हुन्छु।
Reading Time: < 1minuteभयत्रास अनि मौनताले
लतपतिएका मेरा हात
माथि सान्त्वनाका हातहरू
बन्दकोठाका कुनै कुनाकापचामा
गाउँदै छन् आज
रजस्वलाका ऐतिहासिक गाँथाहरू
आस्थिक र सच्चा भक्त मेरी आमा
वंचित गर्दै …