म अड्कल गर्न सक्छु,
मेरो मौनतामा तिमी कतै चुप छौ,
मेरो नैराश्यतामा तिम्रो मुहार मलिन छ,
मेरो दु:खमा तिमी रोएको हुनुपर्छ,
मेरो हाँसो देख्दा तिमी मुस्कुराएको हुनुपर्छ।
म यति त अड्कल गर्न सक्छु
मलाई नदेख्दा तिम्रो मनले खोजेको हुनुपर्छ ,
मलाई अकस्मात देख्दा तिमीले नदेखेझैँ गरेको हुनुपर्छ ,
तिमी नबोले पनि तिम्रो अन्तरात्माले बोलाएको छ
मैले नसुने पनि मेरो मनमा तिम्रो आवाज गुन्जेको छ
बत्ती बाल्न खोज्दा बाहिर दियो निभेको छ,
अन्धकारमा पनि मनको आश बलेको छ।

तर हेर,
अतितको पानामा आज दियोको आगो सल्केको छ,
मेटिए पानाका रेखाहरु,
सङ्गै मेटिए सिसाकलमले कोरेका सपनाहरु,
सके निभाउ नत्र सास सङ्गै जलेको छ,
मन पोलेको छ।
यति हुँदा पनि,
मायाको दियो त अझै बल्दै छ,
तेल थपिदेऊ,अनन्तसम्म दियो बल्नेछ
ज्योती उकासिदेउ, दियो उज्यालो बल्नेछ।
Writer is an undergrad from Pokhara University majoring in Public Health.
ATiwri
Wow 😍