मेरो अस्तित्व

Reading Time: < 1 minute

म संसार जित्न जन्मेको मान्छे
म संसार जित्न जन्मेको मान्छे
आज आफ्नै जितको खोजिमा दौडिरहेछु,
म संसार बुझ्न जन्मेको मान्छे
आज आफ्नै पहिचानको खोजिमा कुदिरहेछु।

जे चहान्छु त्यो नगर्न बाध्य हुन्छु म
जे चहान्छु त्यो नगर्न बाध्य हुन्छु म
जे चहान्छन् त्यो गर्न बाध्य हुन्छु म
किनकी म त त्यो कस्तुरी रहेछु
जो आफ्नै सुगन्धको पछाडी भागीरहेछु
तर कहिल्यै भेट्न सक्दिन आँफुलाई ।।
किनकी म त त्यो कस्तुरी रहेछु
जो आफ्नै सुगन्धको पछाडी भागीरहेछु
तर कहिल्यै भेट्न सक्दिन आँफुलाई ।।

संसार जित्न जन्मेको मान्छे म
आज आफ्नो भनौदो अरुको जितको बोझ उठाइरहेको छु
अनि आफ्नै जिन्दगी जिउंन जन्मेको मान्छे म
आफ्नै वस मा नरहेको आफ्नो भनौदो अरुको जिन्दगी जिउन बाध्य छु म
आफ्नै वस मा नरहेको आफ्नो भनौदो अरुको जिन्दगी जिउन बाध्य छु म।।।

जन्मजात स्वतन्त्रता पाउँदिन म
जन्मजात स्वतन्त्रता पाउँदिन म किनकी
आफ्नो प्रकृतिक खुवी चिन्न नसकी
अरुको जन्मजात खुबिको सिको गर्न बाध्य म
जन्मजात स्वतन्त्रता पाउँदिन म
जन्मजात स्वतन्त्रता पाउँदिन म किनकी
आफ्नो प्रकृतिक खुवी चिन्न नसकी
अरुको जन्मजात खुबिको सिको गर्न बाध्य म
अनि आफू भित्रको म भुलेर अरु भित्रको म खोज्न बाध्य म
तर अवसोच,
अरु भित्रको म त उ हुदो रहेछ आफू हैन,
अरु भित्रको म त उ हुदो रहेछ आफू है।।।।

सर्कारुपि सिंह जस्तै भएछ मेरो जीवन
सर्कारुपि सिंह जस्तै भएछ मेरो जीवन
जो आफ्नो प्रकृतिक खुबी मेटाई
अरुको इसारामा आफ्नो जीवन बिताउन वध्य छ
जो अरुको इसारामा आफ्नो जीवन बिताउन वध्य छ
जो अरुको इसारामा आफ्नो जीवन बिताउन वध्य छ।।।।