परिवर्तित त्यो पारि 

Reading Time: 2 minutes

पैदल हिड्ने क्रम जो थियो  

त्यो पातलिएछ 

घन्टौं हिँडेर पुगिने घर  

कालोपत्रे मै जोडिन पुगेछ  

सायद, बाटो घरमा पुगेको भए 

म यस्तो भान गर्दैनथ्य, तर  

घर बाटो खोज्दै आइपुगेछ 

~ त्यसैलेगाउँ गएर पनि गाउँ गए जस्तै भएन आज ! 

आज  

माटोको घर मुनि  

काँचो माटो जस्तै मन् हरु माझ्ने हामी  

कंक्रिटमय कोठाहरुमा आइपुग्दा  

कथाहरु बुन्न नसकिने भइएछ 

न मन् रम्यो , न माटोको माया रह्यो  

र न त  गाउँ गएर पनि गाउँ गए जस्तै भएन आज ! 

मौसम चिसो त थियो नै  

थपियो चिसो म-न-को  

लुट्पुटियो सिरक भित्र शरिर  

हराएछ तातो राफ आगोको  

न रहे अब आमा सँगै बिताइने  

ति भान्साका भावना 

न रह्यो माहोल मज्जा आउने 

रहेछन बाँकि त केवल बहाना  

र त्यसैलेगाउँ गएर पनि गाउँ गए जस्तै भएन आज ! 

यादगार छ अझै त्यो जमाना अनि जमिन  

जहाँ कान्ला काटी शौच पुगिन्थ्यो  

अपत्यारिलो बन्यो संरचना आज  

डर-त्रास सबै अब मेटियो  

न रह्यो तीन घ-र जोड्ने पिडि  

न रहरै रह्यो गाउँ चहार्ने 

समथर जमिन-मा बन्यो नयाँ घर अब  

रहेनौं अब हामी पहाडे ।  

आमा बुबा अनि सदस्य सबै उही  

मात्र फेरिएकोथ्यो स्थ-ल 

आँखा ले पारि क्षितिजमा  

देख्दैछन हाम्रो उद्गमस्थल  

झिलिमिली देखिने पहिलेको पारि  

पिरलिँदो आजको पारि छ  

पाँच/सात वर्षको अन्तरालमा  

केहि उस्तै बाँकि  रहेनछ  

सायद त्यसैले, 

त्यसैलेगाउँ गएर पनि गाउँ गए जस्तै भएन आज ! 

nora