पखेराको पींध स्थित् पँधेरोको पानि
हर घर-आँगनमा आई-सकेछ
माटो अनि ढुंगाको धरोहर ढलेर
आज ढलानै ढलानले ढाकिएछ
पुग्ने घर बिल्कुल उही छ;
पैताला ले पछ्याउने मार्ग फरक
हुर्किंदै बढ्दै गयौं हामी,
तर घर भने बूढो भएछ
पिडि एक जो तीन घर जोद्दथ्यो,
आज अर्को पिंडी को बालापन बटुल्दैछ
मेरै आफ्नै मामाघर आज
कोहि अरुको हकबार~मा छ

भान्सा गर्ने त्यो भान्से कोठा
समयसंगै स्वागत कक्ष बनेछ
ममतामयी मुवाको आरामस्थल
आगो अगेनोले भरिएछ
ति ओछ्यान उही छन्,
उद्धेश्य अनि सपना फरक
सम्झनाले सिंगारिएका पर्खालहरु
नयाँ याद अनि आकंक्षाले सजिंदै छन्
न रह्यो गाईगोठ अब
न अन्न-बाली खेतमा
भरिभराउ धनसार रह्यो शून्य
रह्यो त याद केवल साथमा